ओइलाएको फूल नदी वा तलाउमा बगाउने गरिन्छ । तर त्यसो गर्नु हुँदैन । नदी वा जलाशयमा कुहिएको फूल हाल्दा फोहर हुन्छ । भगवानलाई चढाएको फूल ओइलाएपछि मन्दिरबाट हटाएर आफ्नो निधारमा टाँस्नुपर्छ अनि घरको आँगनमा तुलसीको बिरुवा वा कुनै मन्दिर परिसरमा रहेको रुखको फेदमा राख्नुपर्छ ।
फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । कसैको पनि गोडाले नकुल्चोसे भनी होश गर्नुपर्छ । रुखमुनि ओइलाएको फूल राख्दा मलखादका काम गर्छ । त्यसबाट रुखबिरुवाले पोषक तत्त्व पाउँछ । भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुन्छन् र यिनलाई अपमान गर्नु हुँदैन । अपमान गर्दा पूजापाठको शुभ फल प्राप्त हुँदैन ।
भगवानलाई चढाएको प्रसाद पनि लामो समय राखिरहनु हुँदैन, भक्तहरूलाई बाँड्नुपर्छ । प्रसाद बाँकी रह्यो भने बिग्रनुअघि नै कुनै गाई वा कुकुरलाई खुवाउनुपर्छ ।