हिपमत डटकम
काठमाडौ,३ माघ : नेपाली कमेडियन सिरियलमा दर्शकसामु राम्रै छाप बनाइरहेको सिरियल हो ‘तितो पिरो’ । डिसहोमको रमाइलो टेलिभिजनबाट प्रसारण भइरहेको सिरियल दर्शकसामु लोकप्रिय बनिरहेको छ । उक्त सिरियल डिसहोमको रमाइलो टिभीमा हरेक आइतबार बेलुका ८ः३० मा प्रसारण हुदै आइरहेको छ । ‘तितो पिरो ’ सिरियलले समाजमा घटेका तथा समसायिक विक्रितीलाई व्यङ्ग्य मार्फत हँसाइ रहेको छ ।
डिस होमबाट सिरियल आउने भएका कारण गाउघरतिर लोकप्रिय बनेको छ । गाउँघरको परिवेशमा निर्माण गरिएको गाउघरमा लोकप्रिय बन्न सफल भएको सिरियलका निर्माता अनिश खतिवडाले बताए । उनले भने, ‘शहरका दर्शक भन्दा गाउँघर तिरका दर्शकमा सिरियलको प्रभाव देखिन्छ । त्यस कारण गाउकै परिवेशमा सिरियल निमार्ण गरेका हौ ।’ अर्का कलाकार श्रीदेव आचार्यले भने ‘सिरियलमा आफु पण्डित बाजेको भुमिका निभाइरहेको छु । आफुलाई सुहाउदो र राम्रो निर्देशनका कारण सिरियलमा अभिनय गर्न राजि भएको हो ।’
समसायिक विषयमा निर्माण गरिएको सिरियल ३२ भाग प्रसारणको तयारीमा रहेको छ । उक्त सिरियलमा रामचन्द्र अधिकारी ,लक्ष्मी श्रेष्ठ,श्रीदेव आचार्य ,अनिश खतिवडा,लक्ष्मण चौलागाइ (खिन्ते काका ) रोहिनी राउत,धर्म भण्डारी,गंगा थापा , भोला अधिकारी, समिर राइ, शान्तिदिप रेग्मी ,गोवद्र्धन लगायतको अभिनय रहेको छ । अनमोल कृष्णको कथा तथा पटकथा रहेको सिरियलमा ज्ञानेन्द्र कोइरालाको निर्देशन छ ।