शुक्रबार, आश्विन ३०, २०७७ || 675  पटक पढिएको

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन थालेको छ । दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।अघिल्ला वर्षको तुलनामा यो दोब्बर भन्दा पनि बढी हो । कोरोना महामारीले आक्रान्त पारिरहेको बेला डेंगुको संक्रमणले यहाँका स्थानीयलाई त्रसित बनाएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले चालु अवको दुई महिनामा डेंगु रोगको संक्रमण देखिएकाहरु सबै नागरिक वीरेन्द्रनगरका रहेकोे जानकारी दिए।डेंग ज्वरोविरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!