दशैं तिहार र छठमा भीडभाड नगर्न
कोरोना संक्रमणको जोखिम कायम रहेकोले दशैं तिहार र छठको अवसमा हुने उत्सव, भजन तथा भीडभाड सहितका कार्यक्रमहरु नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेका छन् ।
जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको असोज १४ गतेको निर्णय अनुसार जिल्ला भरिमा दशैं , तिहार, छठ पर्वहरुमा नियमित पुजा पाठ बाहेकका मानिषहरु भेला जम्मा हुने गरी कुनै पनि उत्सव, कार्यक्रम, भजन, आदि नगर्न नगराउन सूचना जारी गरिएको छ ।