साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । हैदराबादमा एक सिरिजको शूटिंग गरीरहेको समयमा उनलाई अस्वस्थ महसुस भएपछी कोरोना परिक्षण गरिएको थियो । भारतिय मिडियाका अनुसार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै बुबा सन्तोष भाटिया र आमा रजनी भाटियामा पनि कोरोना संक्रमण देखिएको भारतिय मिडियाले समाचार छापेका छन् । आफु र बुबाआमामा कोरोना संक्रमण भएको बारे तमन्नाले सामाजिक सञ्जालमार्फत समे जानकारी गराएकी छन् ।