हिपमत डटकम
बिराटनगर ,२ माघ :नेपाल आईडलको पहिलो सिजनमा प्रतिष्पर्धी भएर आम संगीतप्रेमी दर्शकहरुको माझ लोकप्रिय भएका निशान भट्टराईले एक पछि अर्को हिट गितहरु सार्बजनिक गरिरहेका छन् । निक्कै फुर्तिला निशान गाउने मात्र हैन आफ्नो गीतको भिडियोमा आफै अभिनय गर्न समेत अघि सर्छन । उनले आफ्नो स्वरमा ‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सो गीतमा सब्द तथा संगीत प्रसान्त पौडेलको रहेको छन् भने भिडियोलाई सम्पादन तथा निर्देशन प्रविन भट्टले गरेका छन् । हेर्नुस भिडियो :
नेपाल आईडलको यात्रा पछि उनले धेरै गीतहरु गाईसकेका छन् भने नेपालि फिल्मका गीतहरुमा पनि उनले स्वर भरेका छन् । जुन गीतहरु लोकप्रिय बनिसकेका छन् । नेपाल आइडल पहिलो सिजनको सेकेन्ड रनरअप निशानले सार्बजनिक गीत तथा भिडियोमा एउटा आर्मीले आफ्नो देशको निम्ति गरिएको बलिदान, त्याग र तपस्याका साथै आफ्नो जिबनमा भोग्नु परेको भोगाइ, दुख, कस्ट आदि कथा बस्तुलाई समेटिएको उनले जानकारी गराए ।उनले केहि समय अगाडी सो म्युजिक भिडियोका लागि तयारि गरिएको आफ्नो गेटअप तथा लुक्सलाई पनि आफ्नो फेसबुकमा सार्बजनिक गरेका थिए । जसमा उनि सिरुपाते जुंगामा ढलक्क देखिन्छन भने आर्मीको भेषमा हतियार बोकेर उभिएका छन् । उनलाई भिडियोमा रिचा न्यौपानेले अभिनयमा साथ् दिएकि छन् । सार्बजनिक भएको सो गीतको भिडियोलाई अनिल के. मानन्धरले खिचेका छन् ।