मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा अर्थ संग्रह गर्न सकिने हुुदा तथा आर्थिक अवस्था राम्रो रहने हुदा अर्थ व्यापारमा लगानि गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानि हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानि गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग सल्लाह गर्नुहोला समय मध्ययम रहेकोछ । सरकारि सेवामा बसेर सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगरि दिदा महत्वपुण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला। कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाई बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग मार्फत मनग्गने धन आर्जन गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँ आफ्न्र पक्षमा हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले सांगठनिक टिम निर्माण गरि काम गरिएपनि एक अर्काको बिचार नमिल्दा केहि दिनको लागि काम बन्द हुनेछ । महिला मित्र तथा बिपरित लिङगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रमाईलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानि गरिन मनग्गे आम्दानि हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाईने हुँदा पन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले गित संगितको क्षेत्रमा समय लगानि गर्नेहरुका लागी समयले साथ दिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायमा आवद्ध रहनु भएकाहरुका लागी समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्ब सँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!