जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइएको छ । रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई काज सरुवा गरिएको छ । रेग्मीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलस थापा क्षेत्रीले बिहिबार दुई एसपीलाई परस्पर काज सरुवा गर्ने निर्णय गरेका हुन् । कार्यसम्पादन कमजोर भएका र आर्थिक विवादमा मुछिएका इन्चार्जलाई प्रहरी प्रमुख क्षेत्रीले जिम्मेवारीबाट हटाउँदै आएका छन् । यद्यपि, अबधि नपुगीकन रेग्मीलाई किन हटाइयो भन्नेबारे प्रहरी प्रधान कार्यालयले खुलाएको छैन् ।