बुधबार, आश्विन ०७, २०७७ || 565  पटक पढिएको

हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासका प्रवक्ताले मंगलबार राति निकालेको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ । दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको पनि दोहोर्‍याएको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबर सार्वजनि भएको थियो । खबर आएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले सने क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । यस विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भने केही प्रतिक्रिया दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!