अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्् । पायल घोषले अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले ममाथि जबरजस्ती गरे । नरेन्द्र मोदी जी उनीविरुद्ध कारवाही गर्न र यी सृजनात्मक पुरुष पछाडिको राक्षसी अनुहारलाई देशभरी उदाङ्गो पारिदिन आग्रह गर्दछु । मैले यस्तो कुरा गर्दा, यसले मलाई नै क्षती पुर्याउँछ र थाहा छ कि मेरो सुरक्षामा खतरा छ । कृपयाा मद्दत गर्नुहोस् ।’
@anuragkashyap72 has forced himself on me and extremely badly. @PMOIndia @narendramodi ji, kindly take action and let the country see the demon behind this creative guy. I am aware that it can harm me and my security is at risk. Pls help! https://t.co/1q6BYsZpyx
— Paayel Ghoshॐ #modi’s family ..modiji my Father 😇 (@iampayalghosh) September 19, 2020
पायलको यो ट्वीटलाई अभिनेत्री कंगना रनौतले रिट्वीट गरेर मीटू ह्याशट्याग लगाउँदै लेखिन्, ‘हरेक आवाज महत्वपूर्ण हुन्छ । अनुराग कश्यपलाई पक्राउ गर ।’
Every voice matters #MeToo #ArrestAnuragKashyap https://t.co/Pv1kGZIRr6
— Kangana Ranaut (Modi Ka Parivar) (@KanganaTeam) September 19, 2020
पायल घोषको यो ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाको विषयमा थप जानकारी माग गरेकी छिन् । रेखा शर्माले आफ्नो ट्वीटमा लेखेकी छिन्, ‘तपाईंले मलाई [email protected] र @NCWIndia मा विस्तारपूर्ण आफ्नो पक्ष पठाउन सक्नुहुन्छ । पूरा घटना हेरिनेछ ।
You may send me the detailed complaint at [email protected] and @NCWIndia will look into it. @iampayalghosh https://t.co/KZzPwkmuwZ
— Rekha Sharma (@sharmarekha) September 19, 2020
रेखा शर्माको यो स्वतः सज्ञानमा पायल घोषले उनको ट्वीटलाई रिट्वीट गर्दै लेखिन्, ‘धन्यवाद, म त्यस्तै गर्नेछु ।’
पूरा घटनामा अनुराग कश्यपको प्रतिक्रियाको प्रतिक्षा थियो ।
अनुराग कश्यपले पनि अबेर राती करिब १ बजेतिर हिन्दी भाषामा चारवटा ट्वीट गरे । अनुरागले आफ्नो ट्वीटमा लेखे, ‘मलाई चुप गराउनका लागि यत्तिका समय लाग्यो ? खैर, केही छैन । मलाई चुप गराउँदा गराउँदै यति झुटो बोल्यौ कि महिला भएको नाताले अन्य महिलालाई पनि तान्यौ ? थोरै त मर्यादा राख्नुहोस् म्याडम । यति मात्रै भन्छु कि जतिपनि आरोप छ, त्यो सबै आधारहीन हो ।’
क्या बात है , इतना समय ले लिया मुझे चुप करवाने की कोशिश में । चलो कोई नहीं ।मुझे चुप कराते कराते इतना झूठ बोल गए की औरत होते हुए दूसरी औरतों को भी संग घसीट लिया। थोड़ी तो मर्यादा रखिए मैडम। बस यही कहूँगा की जो भी आरोप हैं आपके सब बेबुनियाद हैं ।१/४
— Anurag Kashyap (@anuragkashyap72) September 19, 2020
अनुरागले पायलको आरोपको जवाफमा भने ‘मेरी जेठी श्रीमती हुन् वा दोस्री, वा कुनै प्रेमिका वा ती सबै अभिनेत्री जोसँग मैले काम गरेको छु, अथवा ती सबै युवती वा महिलाको समूह जसले सधैं मसँग काम गर्दै आएका छन्, वा ती सबै महिला जसलाई मैले एक्लै वा जनताबीच भेटेँ, म यस्तो प्रकारको व्यवहार न त गर्छु न कुनै पनि हालतमा सहन सक्छु ।’
‘बाँकी जे होला हेर्दै जाऔं । तपाईंको भिडियोमा नै देखिन्छ कि कति साँचो हो कति होइन । तपाईंका लागि प्रार्थना र प्रेम । तपाईंको अंग्रेजीको जवाफ हिन्दीमा दिएका कारण माफी चाहन्छु ।’
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप बढ्दै छ । गुटबन्दी र नेपोटिजमको कुरा पनि उठाइएका छन् ।
को हुन् पायल घोष ?
पायल सन् २०१७ मा ‘पटेलकी पंजाबी शादी’ फिल्ममा अभिनेता परेश रावलकी छोरी बनेकी थिइन् । पायल बलिउडकी लोकप्रिय अनुहार होइनन् । उनले दक्षिण भारतकी केही फिल्ममा पनि अभिनय गरेकी छिन् । उनले धेरैजसो तेलुगू फिल्ममा काम गरेकी छिन् । पायल लोकप्रिय टिभी शो साथ निभाना साथिया टु मा पनि देखिएकी थिइन् ।