अमेरिकामा आइतबारदेखि टिकटक र वीच्याटको डाउनलोडमा प्रति बन्ध लाग्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट प्रतिब न्धित हुने बताएका छन् ।

अमेरिकाको वित्त विभागले आइतबारदेखि कुनै पनि एप प्लाटफर्मबाट चिनियाँ एप्लिकेशनहरु टिकटक र वीच्याट डाउनलोड गर्न नदिने स्पष्ट पारेको छ ।ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ ।

यी एप्लिकेशनले प्रयोगकर्ताका जानकारीहरु चीनलाई उपलब्ध गराउने भन्दै चासो व्यक्त भएको हो । दुवै चिनियाँ कम्पनीले सो आरोप अस्वीकार गरेका छन् ।आइतबारदेखि वीच्याट अमेरिकामा बन्द हुनेछ । तर यसअघि नै टिकटक डाउनलोड गरेकाहरुले नोभेम्बर १२ सम्म चलाउन पाउने छन् । त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रति बन्ध लाग्ने छ

टिकटकको अमेरिकामा सञ्चालन स्वामित्व सम्बन्धमा अमेरिकी कम्पनी ओरेकल र बाइटडान्सबिचको सहकार्यको योजना सहमतिमा पुग्यो र ट्रम्पले त्यसलाई स्वीकृत गरे भने टिकटकमाथि प्रति बन्ध लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!