कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडी बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भिर हुन समितिले निर्देशन दिएको हो ।

जीविकोपाजर्नको आधार र कुल ग्रहस्त उत्पादनमा प्रमुख योगदान पु-याउने कृषि क्षेत्रमा मलको माग उच्च रहकाले देशभित्र नै मल कारखाना स्थापनाका लागि विलम्ब नगरी आवश्यक प्रकृया अगाडी बढाउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको छ । समितिले आज छलफलपछि नेपालमा आवश्यक मलको मौज्दात र आयात प्रकृयामा रहेको मलको परिमाणका आधारमा आगामी दिनमा अभाव नहुने कुरामा सजग हुन पनि मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति पूर्णकुमारी सुवेदीले बताइन् ।

यस्तै समितिले कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन र चालु आर्थिक वर्षमा रासायनिक मल आयात गरिएको मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण ७ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको छ ।

अहिले देशभरीमा ५० प्रतिशत कृषकले मात्रै सरकारी अनुदान प्राप्त गरिरहेको सन्दर्भमा मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसाहरुलाई रासायनिक मल अनुदानमा दिन तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको समिति सभापति सुवेदीले बताए ।

समितिले मल क्षेत्रसँग सम्बिन्धित समसया सामधानका लागि मन्त्रालयले बनाएका अल्पकालिन र दीर्घकालिन योजनाहरु अबिलम्ब समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!