मोटरसाइकल ब्रान्ड केटिएमले बिएस ६ मोडलको नयाँ २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले केटिएम २०० ड्युक, २५० ड्युक र २५० ड्युक मोडेल परिमार्जनसहित बजारमा ल्याएको हो । २०२० केटिएम २०० ड्युकलाई हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्यांक र हेडल्याम्पका साथ अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।
यसमा डुअल–च्यानल एबिएसर एलइडी डिआरएलएसजस्ता सुविधा रहेको जनाइएको छ । यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कुल्ड, डिओएचसी, ४–भल्भ इन्जिन, अत्याधुनिक इन्जेक्सन इलेक्ट्रोनिक्स, उन्नत डब्लुपी सस्पेन्सन रहेको कम्पनीले जनाएको छ । यसको इन्धन क्षमता १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको कम्पनीले जनाएको छ । इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक ह्वाइट रङमा उपलब्ध यस बाइकको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँबाट सुरु हुने जनाइएको छ ।
२०२० केटिएम ३९० ड्युका बाइक पहिलेदेखि नै राइड–बाय–वायर, स्लिपर क्लच, सुपरमोटोका साथ डुअल–च्यानल एबिएस, टिएफटी डिस्प्ले र एलइडी हेडल्याम्पजस्ता सुविधाहरूका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो बाइकमा अब क्विकसिफ्प्लसका साथमा उपलब्ध हुने जनाइएको छ । बाय–डायरेक्सनल क्विकसिफ्टर प्लसको प्रयोग यस श्रेणीमा पहिलोपटक गरिएको कम्पनीको दाबी छ । यसले चालकलाई क्लच लिबरको प्रयोग नगरी गियरलाई बढाउन वा घटाउन, दुवैतर्फ सिफ्ट गर्न सक्षम बनाउँछ । सिल्बर मेटालिक र सेरामिक ह्वाइटमा उपलब्ध यो बाइकको प्रारम्भिक मूल्य ८ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
२०२० केटिएम २५० ड्युक बाइकमा ओपन–कार्टि«ज, अपसाइड–डाउन डब्लुपी फोर्क, स्लिपर क्लच र प्रि–लोड एड्जस्टेबल मोनो सकजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । त्यस्तै, यसमा डुअल–च्यानल एबिएस रहेको छ । सिल्भर मेटालिक र डार्क गैलभानको रङमा उपलब्ध यो बाइकको प्रारम्भिक मूल्य ६ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।