नक्कली प्रेस कार्ड छापेको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा छुटेका छन् । सो समूहका १ जनाचाहिँ कोरोना भाईरस पुष्टि भएपछि आइसोलेशनमा छन् । भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का, नवलपरासी घर भएका रमेश रेग्मी र राजेन्द्रराज भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।

उनीहरुमध्ये ३ जना मंगलबार जनही १० हजार धरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । कोरानो संक्रमण पुष्टि भएका एकजनालाई साधारण तारेखमा रिहा गरिएको थियो । उनी अहिले आइसोलेशनमा छन् ।

पक्राउ परेका मध्ये एकजनाको कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा उनिहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोना भाइरस देखिएको छ । संक्रमित असई र हवल्दारलाई प्रहरी अस्पतालको आईसोलेशनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!