मोरङ जिल्ला भरि रहेका करिब डेढ दर्जन जिम क्लव तथा फिट्नेश सेन्टरहरुले आफ्नो साझा मंचको रुपमा मोरङ जिल्ला जिम एण्ड फिट्नेस संचालक समिति गठन गरेका छन् । कोविड –१९ कोरोना भाइरसले गर्दा स्वास्थ्य नै हाम्रो ठूलो सम्पती हो भने कुरा चारै तिरबाट आइ रहेको बेला युवाहरुमा स्वास्थ्य प्रति जागरुकता गराउनुका साथै जिम क्लव संचालकहरुमाथी आइ पर्ने समस्या तथा अन्य बाधा व्यवधान सम्बन्धी एकजुट भएर अगाडि बढ्न मोरङ जिल्ला जिम एण्ड फिट्नेस संचालक समिति गठन गर्नु परेको संचालक समितिका अध्यक्ष नवीन विक्रम साहले हिपमत डटकमलाई जानकारी दिए ।
नवीन विक्रम साह अध्यक्ष भएको यस संचालक समितिका वरिष्ठ उपाध्यक्षमा गणेश नेपाली, उपाध्यक्ष प्रभावकर राणा मगर, सचिव संजय साह, सह–सचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष मोनटी पासवान, सह–कोषाध्यक्ष एन्जल खडका चयन भएका छन् । त्यस्तै सदस्याहरुमा क्रमशः डेविड ए के, नवनीत प्रधान, दिपेश गौतम, प्रमेश न्यौपाने, आशिष घिमिरे, रियाज कुरेशी, सुमन राय, लोकबहादुर तमांग, प्रवित राजवंशी र भोगेन्द्र भट्टराई चयन भएका छन् ।
संचालक समिति गठन गर्न मोरङ जिल्लामा रहेका शिवशक्ति जिम, फ्री स्टाइल फिट्नेस एण्ड जिम, द जिम आइरन पाराडाइज, सजिलो फिट्नेस एण्ड जिम, द रोयल पावर जिम, द गोल्ड जिम, एक्सट्रीम जिम एण्ड फिट्नेस, पावर जिम, जे. एस. बि. फिट्नेस, न्यू शेप जिम एण्ड फिट्नेस वल्र्ड, द पावर जिम एण्ड फिट्नेस, वार्म अप जिम, पथरि फिट्नेस क्लब, बिराट जिम, डाज्जले म्युजिक एण्ड जिम क्लब र वेशिक जिमका संचालक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।