आइतबार, भाद्र २८, २०७७ || 618  पटक पढिएको

लायन्स क्लब अफ बिराटनगर हेल्थ प्राेफेसनले अाईतबार जिट्सी मिट एप्पसबाट काेराेना सचेतना अभियान अन्तर्गत अहिलेकाे अवस्थामा अस्पताल जानू कतिकाे जाेखिम बिषयमा भर्चुवल माध्यमले सचेतना दिएका छन् । क्लबका सदस्य लायन सिर्जत दहालले सञ्चालन गरेका साे कार्यक्रममा क्लबका चार्टर्ड प्रेसिडेन्ट लायन डा बालकृष्ण साहकाे अध्यक्षतामा भएकाे क्लबका सचिव लायन गजेन्द्र प्रसाद यादवले बताए ।

क्लवका निर्देशक द्वय बालराेग बिशेषज्ञ डा प्रविण कुमार झा र दन्तराेग बिशेषज्ञ डा लक्ष्मी प्रसाद चापागाईंले कार्यक्रममा सहजिकरण गरेका थिए ।
५० जनाभन्दा बढि सहभागी रहेका साे कार्यक्रममा सेभ द चिल्ड्रेन बिराटनगरका हरिवाेल बजगाई, स्वास्थ्य कार्यालय माेरङ्गका प्रमुख ज्ञान बहादुर बस्नेत, लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ का पुर्व गभर्नर तथा माेरङ उद्योग संगठन लायन भिम घिमिरे, लायन्स अन्तर्राष्ट्रिय ३२५ ए१ का अर्को पुर्व गभर्नर लायन लिला ढुङ्गेलहरुकाे अाथित्यमा भएकाे कार्यक्रममा सहभागीहरुले अाफ्ना धारणा, जिज्ञाशा र सुझाव पनि राखेकाले अन्तर्क्रियामय कार्यक्रम भएका सहभागी लायन अनिल शर्माले बताए ।

कार्यक्रममा सहकर्ताहरुले यस अवस्थामा अस्पताल जानु कति जाेखिम हुन्छ, अस्पताल अाउनु अगाडि के के कुरामा बिचार पुर्‍याउनु अावश्यक छ, बालबालिकाहरुमा काेराेना संक्रमण हुने सम्भावाना कति छ र उनीहरुलाई कसरी जाेगाउने जस्ता महत्त्वपूर्ण जानकारी गराउनु संगै दन्त उपचार कति जाेखिमपुर्ण हुन्छ, दन्त उपचार गर्न आउनु उपयुक्त हो या होइन अनि कस्तो अवस्थामा आउने दन्त उपचार गर्ने जस्ता जानकारी समावेश गरिएका थिए ।

कार्यक्रममा सुत्केरी संक्रमित महिलाले आफ्नो शिशुलाई स्तनपान गराउने की नगराउने र बालबालिकाहरुले अनलाइन कक्षा लिनु परेकाले यसले मानसिक तथा आँखाको ज्योतिमा बालबालिकाहरूमा असर पुग्न जान्छ वा जाँदैन बिषयमा पनि डा झाले स्पष्ट पारेका थिए ।

क्लबले यसै अभियान अन्तर्गत अघिल्लो हप्ता हाेम अाईसाेलेसनका बिषयमा सचेतना दिएकाे कार्यक्रम संयाेजक लायन सिर्जत दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!