हिपमत डटकम
विराटनगर , २९ पुस ः माघे संक्रान्तिका दिन भोलि प्रदेश न. १ सरकारले सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक घ्रुब सुवेदीले जानकारी दिए । माघेसंक्रान्ति तराईका विभिन्न जिल्लामा धेरै नेपालीहरुले मनाउछन । आ–आफ्नो साँस्कृतिक प्रचलनअनुसार मनाउने परम्परालाई मध्यनजर गर्दै प्रदेश सरकारले बिदा दिने निर्णय गरेको छ ।