बिहिबार, भाद्र २५, २०७७ || 1032  पटक पढिएको

बलिउड नायक सुशान्त सिंह राजदुतको निधनसँग जोडिएको मादक पद्धार्थ सम्बन्धि अभियोगमा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीले बुधबार मुम्बईको एक सत्र अदालतमा जमानत मुद्दा दायर गरेकी छिन् । आज यस विषयमा अदालतले सुनुवाई गर्नेछ । मादक पदार्थ नियन्त्रण ब्युरोले रियालाई गिरफ्तार गरेको थियो । मंगलवार मजिस्ट्रेट अदालतले उनको जमानत अस्विकार गरेको थियो । त्यसपछि रियाले जमानतको लागि दोस्रो पटक प्रयास गरेकी हुन् ।

रियाका वकिल सतीशद्धारा दायर गरिएको मुद्दामा २८ वर्षिया नायिका रियालाई निर्दोष दाबी गरिएको छ । मुद्दामा रिया अपराधी नभएको र फसाइएको बताइएको छ । एनसीबीले ३ दिनको सोधपुछ पछि उनलाई गिरफ्तार गरेको थियो । उनलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राख्नेछ ।

रियालाई दक्षिण मुम्बई स्थित कार्यालयबाट भायकुला जेलमा लगिएको छ । रियाको भाई शोविक, सुशान्तका प्रबन्धक सामुअल, निजी कर्मचारी सावन्त र मादक पदार्थ कारोवारी जैद विलात्रा र बब्दुल बासित हिरासतमा छन् । शोविक र सामुअलको लागि पनि जमानतको मुद्दा दायर भएको छ उनीहरुको आज नै अदालतमा सुनुवाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!