मंगलबार, भाद्र २३, २०७७ || 563  पटक पढिएको

साउदी अदालतले सोमबार सन् २०१८ साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ ।” यस पहिले उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको थियो ।

अदालतको अन्तिम फैसला खाशाग्गीका छोराहरूले आफुहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि आएको छ । उनीहरूले गत मेमा आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!