बलिउड नायिका कंगना रनौटमाथि सुरक्षा खतरा बढेपछि भारत सरकारले ‘वाइ प्लस’ श्रेणीको सुरक्षा दिएको छ । उनलाई दुईजना हतियारसहितका सुरक्षागार्ड दिइएको छ । हिमाञ्चल प्रदेशमा रहेकी रनौटलाई मुम्बई नआउन शिवसेनाका एकजना नेताले धम्की दिएका थिए । उनीमाथि ज्यान मार्ने धम्की समेत आएको थियो । त्यसपछि रनौटले आफ्नो ज्यानको खतरा बढेको बताएकी थिइन् । रनौटले सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा बलिउडमा धेरै कलाकारहरु लागऔषधसँग जोडिएको अभिव्यक्ति दिएकी थिइन् । उनले करिअरको शुरुमा आफूलाई समेत लागूऔषध सेवन गर्न वाध्य पारिएको बताएकी थिइन् । उनले मुम्बई किन ‘पाकिस्तान नियन्त्रित काश्मिर जस्तो भएको हो ?’ भनी ट्वीट गरेकी थिइन् । रनौट आक्रामक अभिव्यक्तिका कारण विवादमा आइरहन्छिन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!