सोमबार, भाद्र २२, २०७७ || 569  पटक पढिएको

कोरोना संक्रमणबाट सिरहाको मिर्चैया नगरपालिका वडा नं.५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । संक्रमित पुरुषको प्रदेशिक कोभिड अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।
अस्पतालमा भर्ना भएका उनको अक्सिजन लेभल ५० प्रतिशतभन्दा कम थियो डा.सिंहले भने,भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको केही घण्टामै मृत्यु भयो ।
कर्जन्हामा पिसिआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयाको उत्तरपट्टीको घरमै उनले ग्यासल गायतका व्यपार संचालन गर्दै आएका थिए । उनको शव व्यवस्थापनका लागि तयारी भैरहेको मिर्चैयाका नगर प्रमुख श्रवण यादवले बताए । यससंगै मिर्चैयामा तीन जनाको कोरोना संक्रमणबाट मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!