सिरहाको लहान नगरपालिका १, मटियर्वामा हत्या गरिएका १८ वर्षीय रोशन रामको परिवारका आमा–बुवालाई पनि मार्ने प्रयास गरिएको छ ।

शनिवार राती करिब साढे १० बजे ५/६ जनाको समूहमा आएका नाकाबधारिहरुको समूहले मृतक रोशनको आँगनको छेउमा रहेको ठेलागाडी हटाएर घरभित्र छिर्ने प्रयास गरे । त्यतिकै बेला रोशनकी आमा सुनैरदेवी ढोका खोलेर ट्वाइलेटतीर छिरेपछि उनीहरुमाथि नजर पुग्यो । अनी, सुनैरदेवी अतालिएर चिच्याउन थालिन् ।

उनको चिच्याहट सुनेपछि घरबाट श्रीमान सिफैत राम निस्के । होहल्ला मच्नथालेपछि नाकबधारिहरु फरार भए । नाकाबधारिहरुलाई देखेपछि छोरी गंगाले तुरुन्तै प्रहरीलाई १०० मा फोन डायल गरेकी थिइन । तर, प्रहरीले जिल्ला प्रहरी कार्यालय परेको भन्दै उनले ९८५२८३३८८९ मा फोन गरी लहान प्रहरीलाई खबर गर्न भन्यो ।

गंगा भन्छिन्, ‘लहान प्रहरीलाई पनि तुरुन्तै फोन गरे । घरमा सबै आतिसकेका थिए । तर, नजिकै रहेको प्रहरी आधी घण्टापछि मात्र आएपछि नाकबधारिहरु फरार भइसकेका थिए ।’

छिमेकी श्याम महतो भन्छन्, ‘तीन दिन अगाडि पनि राति तीन÷ चारजना आएका थिए । म आफ्नो घरको छतमा उक्लिएपछि उनीहरु भागे । आज फेरि आएको रहेछ । उनीहरु कुनै न कुनै घटना गर्न चाहेका छन् ।’

रोषणकी आमा सुनैरदेवीले हत्याराहरुले नै थप घटना गराउने प्रयास गर्न खोजेकोले फरार अभियुक्तलाई अविलम्ब पक्राउ गर्न प्रहरीसँग माग गरेकी छन् । उनले भनिन्, ‘छोरा रोषणको हत्यारालाई प्रहरीले खोजी गरी पक्राउ गरियोस्, नभए हाम्रो ज्यानको पनि ग्यारेन्टी छैन ।’

‘एकान्तमा घर छ । हाम्रो ज्यानको सुरक्षा कसले लिने ?,’ प्रश्न तेर्साउदै उनी असुरक्षाको महसुस गर्दै रोइन ।

असार २७ गते रोशन रामलाई मिर्चैयाको बसाहा खोलामा हत्या गरी फालिएको थियो । हत्या भएकै दिन रोशनलाई मिर्चैया नगरपालिका २, विर्ता पिडारीका जयकुमार यादव र मुकुन्द कटुवाल घरबाट बाइकमा चढाएर लगेका थिए ।

हत्या अभियोगमा जय र मुकुन्द पक्राउ परिसकेको छ । उनीहरुमाथि प्रहरीले ज्यानमार्ने कसुरमा मुद्दा अगाडी बढाएको छ । घटनामा संलग्न सुरेन्द्र यादव र लक्ष्मी कापर अझै फरार छन् ।

Todaykhoj.com बाट राजेश विद्रोहीले लेखको समाचार

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!