आइतबार, भाद्र २१, २०७७ || 905  पटक पढिएको

गण्डकी प्रदेशका प्रहरी प्रमुख, डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका डिआइजी अर्यालको स्वाब परीक्षण गरिकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको हो । डिआइजी अर्यालले आफूमा कोरोना संक्रमण पुष्टि भएको र आफू क्वार्टरमै आइसोलेसनमा बसेको नयाँ पत्रिकालाई जानकारी दिए । आफूमा कुनै संक्रमणको लक्षण नरहेकोसमेत उनले बताए ।

‘मलाई कोरोना संक्रमण पुष्टि भएको छ । म क्वार्टरमै सुरक्षित ढंगले आइसाेलेसनमा बसेको छु । पूर्ण रूपमा स्वस्थ छु,’ उनले भने ।यसअगाडि नेपाल प्रहरीको सशस्त्र गणमा सुरुमा १६ जना र पछि २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूकै कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब दिएका डिआइजी अर्यालमा संक्रमण पुष्टि भएको हो ।

साभार-नया पत्रिका

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!