बिहिबार, भाद्र १८, २०७७ || 468  पटक पढिएको

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक चार घण्टा पछि सरेको छ ।

बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी सरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि बिहीबार बिहान ११ बजेलाई बैठक तय गरिएपनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो । आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्ने एजेण्डा छ । तर रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा समेत कसलाई पठाउने भन्ने नेकपामा एकमत हुन सकेको छैन ।

ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई पठाउने पक्षमा छन् भने अन्य सचिवालयका बहुमत नेताहरु उपाध्यक्ष बामदेव गौतमलाई पठाउनुपर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!