बुधबार, भाद्र १७, २०७७ || 1141  पटक पढिएको

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी कार्य जारी छ । सशस्त्र प्रहरी टोलीको नदीमा खसेको मिनी ट्रकको खोजी कार्य शुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको सो ट्रकले सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए । “सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य शुरु गरिसकेको छ, केहीबेरमा थप विवरण आउँछ ।” प्रहरी उपरीक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटोमा देखिएको थियो ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!