काठमाडौको अनमानगरस्थित धोबीखोलाको किनारामा हरि चाम्लिङले मापदण्ड रातारात भवन निर्माण गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपेर चाम्लिङले धोबिखोला करिडोरको बाटोमा छोड्नु पर्ने बाटोको भाग नछोडि अक्सिडेन्टल स्कुल नजिकै रहेको जग्गामा भवन बनाइरहको पाइएको छ । निषेधाज्ञा घोषणा गरेको स्थानीय प्रशासनले अन्य गतिविधिमा बन्देज लगाए पनि मापदण्डविपरीत संरचना निर्माण गर्दा मौन बसेको देखिन्छ । मापदण्ड विपरीत बनेको संरचना हटाउने अधिकार प्राप्त स्थानीय सरकार पनि चाम्लिङले मापदण्डविपरीत संरचना बनाएको बिषयमा बेखबर देखिन्छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ अनामनगरका स्थानीय बासिन्दाहरू भने स्थानीय तहको मिलेमतोमानै चाम्लिङले ट्रष्ट भवन बनाएको आरोप लगाउँछन् । जिल्ला प्रशासन कार्यालय र काठमाडौ महानगरपालिकसँग मापदण्डविपरीत भएको निर्माण तत्काल रोक्न स्थानीय बासिन्दाले माग गरेका छन् । साथै गैर कानूनी संरचना हटाउन पर्ने उनीहरुको भनाई छ । तर स्थानीय तहले चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!