आइतबार, भाद्र १४, २०७७ || 678  पटक पढिएको

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन । गएराती परेको पानीले वडा नं १ का लली नेपाली, मन्दीर कटुवाल, धनपति बिक र बिर भेरीकारका घर भत्किँदा १२ जना घर भित्रै पुरिएको स्थानीयले वताएका छन । एक जना वर्ष पाँचका निराजन शाहीको शव निकालिएको छ ।
नेकपाका नेता महेन्द्रवहादुर शाहीका अनुसार १२ जना घर भित्रै पुरिएको आशंका गरिको वताउनुभयो । भाडामा वस्दै आएकाले कुन कोठामा कति जना थिए भन्ने एकिन हुन सकेको छैन । उहाँले दुई जनाको भने जिवितै उद्धार गरेर उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा पठाईएको वताउनुभयो । सञ्चार सुबिधा नभएकाले एकिन रिर्पोट आउन सकेको छैन । नाग्ममा मोवाईल तथा टेलिफोन सेवा नभएकाले घर भित्र कति जना पुरिएका छन भन्ने पुस्टी भएको छैन ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामवावु ओलियाले प्रहरीको सेटले पनि काम नगरेकाले जिल्लाबाट प्रहरी निरिक्षक यक्षराज जोसीको नेतृत्वमा टोली घटनास्थल पठाएको वताउनुभयो ।
उहाँले अर्जुन हमाल र पुन्ने शाहीको घाईत अवस्थामा उद्धार गरिएको वाँकीको खोजि भईरहेको वताउनुभयो । कर्णाली राजमार्गको भित्ता माथिवाट आएको पहिरोले घर पुरेको हो । पहिरोले घर पुरिदा कर्णाली राजमार्ग समेत अवरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!