शनिबार, भाद्र १३, २०७७ || 731  पटक पढिएको

गर्मी मौसममा दिनभर बाहिरको काम वा चर्को घामबाट राहत पाउन मानिस घरमा पुग्ने गर्दछन् । घरमा शीतल भएर गर्मीको थकान मेटाउने चाहना हुन्छ । तर घर छिर्दा समेत घरभित्र गर्मीले उकुस मुकुस हुन्छ । यस्तोमा मानिसको मस्तिष्कले पर्याप्त आराम पाउँदैन, दिक्क लाग्छ साथै शरीरमा आलस्यता समेत हुने गर्दछ । त्यसैले गर्मी मौसममा घरको कोठा शीतल पार्न आवश्यक हुन्छ । तर कसरी ?

१. घरको कोठा शीतल राख्न घरका सबै झ्याल, ढोकाहरु खुला राख्नु पर्दछ ।२. गर्मी मौसममा झ्याल र ढोकामा पातलो र पारदर्शी जाली भएको पर्दा लगाउनु पर्दछ ।३. घरमा उज्यालो रंगको पर्दा र संम्भव अनुसार भित्तामा उज्यालो रंग लगाउनु पर्दछ ।४. बेडमा सुतीको पातलो तन्ना प्रयोग गर्नु पर्दछ ।

५. कोठा सकेसम्म खुल्ला राख्नु पर्दछ । अनावश्यक धेरै सामग्री राख्नु हुँदैन ।६. एकै स्थानमा धेरै सामग्री राख्दा पनि यसले कोठामा गर्मी बढाउने गर्दछ ।७. कोठा भित्र इनडोर प्लान्टलाई गमलामा राख्दा पनि यसले शीतला प्रदान गर्दछ ।८. कोठामा भएका पंखा, एसि वा कुलरलाई मर्मत गरेर चालु अवस्थामा राख्नु पर्दछ ।

९. घर छिर्नासाथ हात खुट्टा धोएर केहिबेर खुल्ला ठाउँमा बस्नु पर्दछ ।१०. घर छिर्दा केहि बेर आराम गरेर नुहाउदाँ पनि शरीरमा शीतलता प्राप्त हुन्छ । यद्यपी साँझको समयमा भने घरको मुख्य ढोकाहरु बन्द गर्नु पर्दछ । अन्यथा बाहिरका किरा, लामखुट्टे घरभित्र छिर्ने गर्दछन् ।

यो पनि पढ्नुहोस् : शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ ।

शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ :१ .आपँको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् । शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२. शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।३ .शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

४. काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ । शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।५शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!