मंगलबार, भाद्र ०९, २०७७ || 7711  पटक पढिएको

बिराटनगरको ठुलो अस्पतालको रुपमा रहेको नोबेल मेडिकल कलेज अस्पतालमा कार्यरत ५५ जना कर्मचारीले आज एकै साथ राजिनामा दिएका छन् । कोरोनाको कहर बीच समेत आफुहरुले ज्यानको परवाह नगरी दिनरात एक गरेर काम गरेतापनि अस्तपालले हाम्रो कार्यको कदर नगरेको तथा कोरोना भाईरससंग लड्ने उचित सुरक्षाको व्यवस्था समेत उपलब्ध नगराएकोले हामीले एकै साथ राजिनामा दिन बाध्य भएको राजिनामा दिने एक व्यक्तिले हिपमत डटकमको कार्यालयमा फोन गरेर जानकारी दिए ।

यस्तो विषम परिस्थितीमा समेत काम गरे वपत प्रोत्साहन पाउनु त कता हो कता तलव समेत समयमा पाएका छैनौं । यस्तो अप्ठ्यारो परिस्थितिमा जोखिम मोलेर काम गरिरहँदा पनि हाम्रो बारेमा अस्पताल प्रशासनले खासै ध्यान न दिएको उनको गुनासो थियो । यस बिषयमा नोबेल अस्पताल प्रशासण संग यस विषयमा बुझ्दा आज अस्पतालमा कार्यरत ५५ जनाले सामुहिक राजिनामा दिएका अस्पताल प्रशासनका नारायण दाहालले हिपमत डटकमलाई जानकारी दिनु भयो । आज उहाँहरुले सामुहिक राजिनामा दिनु भएको तर उक्त राजिनामा अस्पताल प्रशासनले स्विकृत नगरेको साथै यस विषयमा भोली मात्र छलफल हुने दहालले बताउनु भयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!