तराईमुलका नवगायिका शाान्ति सदाद्धारा स्वरबद्ध यसपालीको तिजमा घुमाउईदे पशुपति तिज गीतको म्युजिक भिडियो सार्वजानिक गरेका छन ।
गुरुशरण सदाद्धारा रचित तथा संगिता वाईवा (तामाङ्ग) र आदित्य ठकुरीद्धारा अभिनय गरिएको उक्त म्युजिक भिडियोलाई शरण इन्टरटेनमेन्ट नामक युट्युव च्यानल मार्फत शनिबार सार्वजानिक गरिएका हुन ।
महिलाको सृगार सुनचाँदी भन्दा तीजमा श्रीमानको साथ र माया महत्व ठुलो रहेको भन्दै श्रीमानलाई पशुपति घुमाईदिने आग्रहमुलक प्रेमभाव देखिने उक्त गीतको म्युजिक भिडियोलाई सन्तोष गुरुङ्गले निर्देशन गरेका हुन ।
सिराहा गोलबाजरकी मैथिली भाषाबाट गित संगितको यात्रा सुरुवात गरिकी शान्ति सदाले पहिलो पल्ट द भ्वाईस अफ नेपालको सिजन २ को मञ्चबाट मैथिली भाषाको गीत गाएर मैथिली तथा नेपाली समाजको मन जितेकी थिईन ।
साधारण मजदुर जिवनयापन गर्ने घरपरिबार तथा सासुआमाको निरन्तर सहयोगबाट गीत संगितको यात्रालाई निरन्तरता दिएकी शान्ति सदाले तराईबाट तिजको गीत लिएर नेपाली गीत संगित क्षेत्रमा समिश्रण गराएको प्रतिक्रिया दिईन । महिलाहरुको ठुलो पर्व मानिने तिजको अवसरमा गाउने गरिने तिजको हजारौ गितहरु मध्ये आफुले पनि यस वर्ष तीजको गीतलाई सार्वजानिक गर्न पाउदा खुशि ब्यक्त गरिन ।
लोक तथा काठे भाकामा सृजित उक्त गीतलाई राकेश ओलीले संगित संयोजन गरेका हुन । गीतका भाव र गायिकी अत्यन्त राम्रो रहेको भन्दै उहाले गित उत्कृष्ट हुनेमा विस्वसत रहेको बताईन । म्युजिक भिडियोका निर्देशक सन्तोष गुरुङ्गले म्युजिक भिडियो अत्यन्त राम्रो रहेको प्रतिक्रिया दिए । उहाले यस गितलाई थोरै कमेडी सहितको मिश्रणबाट राम्रो भिडियो बनाईको बताए ।
सवरी संकल्प समाज गोलबजारको ब्यबस्थापनमा तयार गरिएको उक्तमा गीतमा इच्छा सदा, हिरालामा, कोपिला थामी, करुणा लामा, सविना लामा, मकिता बस्नेत सुरता विष्ट सरोवर र सन्तोष कार्की लगायतका कलाकारहरु सहभागी भएकाछन् ।