बीरेन्द्रकुमार साह
हिपमत डटकम
बिराटनगर,पौष २५ : द भ्वाइस अफ नेपालबाट नै लोकप्रिय बनेका गायक तथा राजबंशी भाषाका स्टार गायक बल बहादुर राजबंशीले आफ्नो नया म्युजिक भिडियो पछुताउनु पर्ला बजारमा ल्याएका छन् । बल बहादुरको स्वर रहेको गीतलाई चर्चित संगीतकार हरि लम्सालले संगीत गरेका हुन भने गीतलाई डा राजुबाबुर श्रेष्ठले लेखेका हुन्।
म्युजिक भिडियोमा क्रिस्टल क्लज डान्स क्रु का कलाकारहरु सँगै फ्रेञ्चाइज रियालिटि शो बुगीवुगी कि फर्स्ट रनर अफ प्रगति पुनमगरको दमदार डान्स प्रस्तुति संगै कमेडी म्युजिक भिडियोमा समेटिएको छ। म्युजिक भिडियोमा बलाबाहादुरले समेत अभिनय गरेका छन् ।
आज बलबहादुरले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त म्युजिक भिडियो अहिले सबैतिर थोरै समयमा धेरै नै चर्चा बटुलिरहेको छ ।गीतको म्युजिक भिडियोलाई निर्देशन भने संदेश जंग राणाले गरेका हुन । पर्यटकीय गन्तब्य पोखरामा सुटिङ गरिएको उक्त म्युजिक भिडियोबाट बलाबाहादुराले निकै नै आशा गरेको छ ।