तिमीबिना हास्न गाह्रो भयो मलाई
यसै जीवन मास्न गाह्रो भयो मलाई
एक्लो बनाए, सबैवाट हेपिए पनि
पुन सम्बन्ध गास्न गाह्रो भयो मलाई
चोखो माया गरे बुझेनौ किन मेरो
दिल यसै फास्न गाह्रो भयो मलाई
नआउ फेरी फर्केर पश्चतापमा पर्दै
झुटो नाता टास्न गाह्रो भयो मलाइ
पराईसँगको त्यो सम्बन्ध राम्रो होस्
तिम्रो माया तास्न गाह्रो भयो मलाई
-प्रवेश बिष्ट