बीरेन्द्रकुमार साह
बिराटनगर ,
केही महिना अगाडि सुनबर्शी नगरपालिका वाड न -९ मा महस्जिदको सेफ्टिट्यान्की बनाउने क्रममा मृत्यु भएको परिवारलाई सुनबर्शी नगरपालिकाले जनही दुईदुई लाखको दरले सहयोग प्रदान गरेको छ। सेफ्टिट्यान्की निर्माण गर्ने क्रममा मृत्यु भएको मो. कफिल मिया, फिरोज आलम, शहनवाज आलम र वसिब आलमका परिवारलाई आज एक कार्यक्रम गरि जनही दुईदुई लाखको चेक हस्तान्तरण गरिएको छ।
चेक हस्तान्तरण कार्यक्रममा मोरड क्षेत्र न -२ सँबिधान सभा सदस्य डा. मिलेन्द्र रिजाल, सुनबर्शी नगरपालिकाका प्रमुख कालिप्रसाद दास, उपप्रमुख मन्जु राई, वडाअध्यक्षहरु टेकबहादुर बिष्ट ,तेजनारायण ताजपुरिया, कमलकिशोर सिहँ, प्रताप तामाङ ,राजेन्द्रप्रसाद दास समाजसेबी मो. महताब आलम लगायत बुद्धिजीबिहरुको सहभागितामा मृतकमा परिवारलाई चेक हस्तान्तरण गरिएको छ।