हिपमत डटकम
काठमाडौं,पुस-२३:यता कान्तिपुर दैनिकले भने सेलेमोनियल बन्दै संसद शीर्षकमा समाचार छापेको छ । संसदको मुख्य काम हो कानुन बनाउनु र सरकारले पेश गरेको विधेयक गुण दोषको आधारमा केलाएर असल नीति पारित गर्नु । तर, सांसदहरु आफ्नो यही मुख्य जिम्मेवारीमा खासै सहभागी हुँदैनन् । जसका कारण सरकारले जस्तो चाह्यो त्यस्तै विधेयक पारित हुने जोखिम बढ्दै गएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको नियमावलीमा विधेयकमाथि जनताको प्रतितिक्रिया प्राप्त गर्न सकिने प्रावधान छ । तर उक्त प्रावधानको प्रयोग नै नगरिने गरिएको खबर पनि पत्रिकाले छापेको छ ।