हिपमत डटकम
झापा, पौष २२ गते ।
झापाको बिर्तामोड नगरपालिका-५ मित्रनगर स्थित बाट नक्कली नोट सहित २ जना पक्राउ परेका छन । सोमबार दिउँसो १० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले झापाको बिर्तामोड नगरपालिका-५ बस्ने ३४ बर्षिय सुरेन्द्र योङहाङ र मोरङको बेलबारी नगरपालिका-४ बस्ने बर्ष २५ को किरण खवासलाई १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद थप पश्चात अन्य अनुसन्धान कार्य जारी रहेको उक्त कार्यालयले जनाएको छ ।