थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका-२ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेका छन् । असार १४ गते बिहान १० बजे गढी गाउँपालिका-२ पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवलाई खोजतलास गर्ने क्रममा आज बिहान साँढे ९ बजे हाम फालेको स्थान भन्दा करिव २ किलोमिटर दक्षिण सोही खोलामा जीलेवीको रुखमा अड्किरहेको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । मृतकको कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।