हिपमत डटकम
डोटी, पुस १९
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । चापाकोट नगरपालिका-७ बस्ने १९ वर्षीय मिलन गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । मिलन गुरुङले बालिकालाई जबरजस्ती गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चापाकोटबाट र प्रहरी चौकी साखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।