झापाको मेचीनगर नगरपालिका(७ गैरीगाउँबाट अन्दाजी ३ लाख ५६ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । बुधवार राती सवा ८ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको मोवायलको ीऋम्, लोरियल जेल र सुर्तिजन्य बस्तुहरु गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।