शुक्रबार, पौष १८, २०७६ || 661  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,पौष-१८

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गङ्गा नगरकोटीले भने, “अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो, बिहीबार दिउँसैदेखि पहाडी भेगमा वर्षा भइरहेको छ ।” काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षा भएको छ । बिहीबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो ।नगरकोटीका अनुसार वर्षाले उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना छ । हिमपातको विशेष असर भने प्रदेश ६ र ७ को उच्च हिमाली भेगमा बढी परेको छ ।अधिकांश पहाडी भेगमा पानी पर्ने भएकाले वायुको सापेक्षित आद्रतामा चिस्यान बढ्दा जाडोले जनजीवन प्रभावित हुने नगरकोटीले बताए । यसअघिको वर्षाले न्यूनतम तापक्रम घट्ने क्रममा असर पु¥याएको थियो । जसका कारण काठमाडौँको न्यूनतम तापक्रम ०।६ डिग्री सेल्सियससम्म पुगेको थियो । यसपटकको वर्षाले भने अधिकतम तापक्रम घटाएर जाडो बढाउने नगरकोटीले बताए ।भूमध्य सागरबाट उठेको जलवाष्पलाई पश्चिमी वायुले नेपाल भित्र्याएको हो । भूमध्य सगरसँगै जम्मुकश्मीर क्षेत्रबाट समेत पश्चिमी वायुले वर्षाको न्यूनचापीय कण बोकेर आइरहेको छ । हिउँदमा हुने पश्चिमी वायुको असरले परेको पानी पूर्वी नेपाल हुँदै सकिन्छ । मनसुनमा भित्रिने दक्षिण र पूर्वी वायुले भिœयाउने वर्षा भने पश्चिम नेपाल हुँदै अन्त्य हुने गर्छ ।
यसपटकको पश्चिमी वायुको असर झन्डै एक हप्ता कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “छोटो छोटो वर्षा हुन्छ तर लगातार भइरहन्छ,” मौसमविद् नगरकोटीले थपे, “आगामी तीन दिन मौसम खराब रहनेछ । त्यसपश्चात् एकाध दिन मौसम खुलेजस्तो भए पनि फेरि पश्चिमी वायुको प्रभावले थप वर्षा हुने सम्भावना छ ।”
हालको पश्चिमी वायुसहितको बलियो न्यूनचापीय प्रणाली नेपालमा सक्रिय रहेकै बेला भूमध्य सागरमा उत्पन्न भएको अर्को न्यूनचापीय प्रणाली नेपालतिर आउँदै गरेको उनले जानकारी दिए । त्यसैका कारण आकाशमा बादल लाग्ने र बदली भइरहने क्रम जारी रहनेछ ।
बिहीबार, शुक्रबार र शनिबार दिउँसो तथा राति देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । उच्च पहाडी र हिमाली भेगमा भने लगातार हिमपात हुने जनाइएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!