वास्तुशास्त्रका अनुसार दम्पतीबिचको सम्बन्ध प्रगाढ नहुनुको कारणबारे बताएको छ। वास्तुदोषले दम्पतीबिचमा मात्र नभएर परिवार, समाज र आफन्तहरुबिचमा पनि सम्ब’न्ध राम्रो हुन सक्दैन् । सुत्ने कोठाको बारेमा केहि नियमको पालना गरेमा यस्ता सम’स्या हल भएर जानेछ ।
१.बेडरुम
वास्तुशास्त्रको अनुसार सम्बन्ध राम्रो बनाउनको लागी बेडरुम दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्दछ । यदि तपाईको उक्त दिशामा बेडरुम छैन् भने यहि कारणले पनि सम्बन्ध बिग्रि’एको हुनसक्दछ । उत्तर पूर्व वा दक्षिण पूर्व दिशामा रहेको कोठोलाई भने बेडरुम नबनाउनु होला ।
२.सुत्ने दिशा
विवाहित जोडिहरुले जहिले पनि दक्षिण तर्फ टाउँको देखाएर सुत्नुपर्दछ, किनकि दक्षिणतर्फ टाउँको देखाई सुत्नाले यसतर्फबाट सकारात्मक चुम्बकीय उर्जा पाइन्छ, जसबाट निन्दा, उर्जा, रक्त’सञ्चारमा कुनैपनि किसिमको असर पुग्दैन् ।

३.ऐना
बेडरुमको ठिक अगाडी वास्तुशास्त्रमा ऐना राख्न नहुने कुरा बताइएको छ । यदि सुत्ने कोठाको बेडको अगाडी ऐना छ भने प्रतिबिम्ब देखिने कारणले यसले अस’र गर्दछ । जसको कारण दम्पतीमा धेरै स’मस्या उत्पन्न हुनसक्छ।
४. बेड
सुत्ने बेड कहिले पनि मेटल वा फलामबाट बनेको हुनु हदैन् । यदि यस्तो बेडमा सुतेमा दम्पती बिच *तना’व सिर्जना हुनसक्छ तसर्थ काठको बेडको प्रयोग गर्नुपर्दछ, जुन सहि आकारको हुन पनि जरुरी छ ।
५.सुत्ने कोठाको रंग
कोठाको रंगले पनि दम्पतीमा अस’र गर्ने कुरा वास्तु शास्त्रले बताएको छ । बेडरुममा सधैं हल्का रंगको प्रयोग गर्नुहोस् । जस्तैः हल्का निलो, हरियो वा गुलाबी रंग ।
६. कता सुत्ने
दम्पती आफू जता मनलाग्यो त्यतै साइडमा सल्लाह गरेर सुत्ने गर्दछन् । तर वास्तुशास्त्रको अनुसार श्रीमती जहिले पनि बायाँ साइडमा सुत्ने गर्नुपर्दछ भने श्रीमान् दाया साइडमा सुत्नुपर्दछ । यसले सम्बन्धलाई समुधुर बनाउँछ ।
७.डस्ना
अंधिकाश दम्पतीको दुईवटा डस्नाको प्रयोग गर्ने बानी हुन्छ, शास्त्रमा एउटा बेडमा एउटा मात्र डस्ना प्रयोग गर्नुपर्छ । यसो गर्नाले विवाहित जोडिमा सकारात्मक उर्जा ल्याई सम्बन्ध प्रगाढ बनाइदिन्छ ।