हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गर्ने प्रचलन छ ।धार्मिक रुपमा शुक्रबारको दिन तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति
साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुने बिश्वास गरिन्छ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।