शुक्रबार, जेठ २३, २०७७ || 1166  पटक पढिएको

सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका वार्ड नम्बर ८ स्थित रहेको क्वारेन्टाइनमा बसेका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भोक्रा नरसिंह गाउँपालिका वार्ड नम्बर ८ स्थित रहेको मदरसामा संचालनमा ल्याइएको होल्डिङ सेन्टरमा बसेका थप दुईजना पुरूषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा एकजना मोरङका व्यक्ति हुन भने अर्का व्यक्ति ताप्लेजुङका व्यक्ति रहेकोे बताइएको छ । भारतबाट आएका उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएकोमा कोरोना संक्रमण पुष्टि भएको हो । सेन्टरमा बसेका सातजना व्यक्तिमा बुधबार कोरोना संक्रमण पोजेटिभ पाइएको थियो । सो सेन्टरमा १०२ जना बसेमा ७८ जनाको परीक्षण गर्दा दुईजना बाहेक अन्य सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!