हाल नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नम्बर १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । महाशाखाले देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । बुधबार प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आशिंक बदली रहनेछ । प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । विहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहेर बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी प्रदेशका भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!