मंगलबार, जेठ २०, २०७७ || 552  पटक पढिएको

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको हो । विश्वविद्यालयले यस वर्षदेखि आफ्नै ‘लोगो’ र ब्राण्डसहित प्याकिङ बीउको बिक्री वितरण शुरु गरेको विश्वविद्यालयका प्रध्यापक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिमका कारण कृषकसँग बीउ पुग्ने सम्भावना कम रहे पनि धानको बीउ खरिद गर्न कृषक विश्वविद्यालय पुगेपछि यो समस्या हटेको हो । विश्वविद्यालयले जिल्लाका कृषि समूहलाई एकमुष्ट बीउ उपलब्ध गराएर कृषकसम्म सहजरूपमा बीउ पठाउने गरेको छ । कोभिड–१९ ले अर्थतन्त्रमा ल्याएको गिरावटलाई कृषि क्रान्तिमार्फत माथि उठाउन सकिने भएकाले एक महिना अगाडिबाट बीउ वितरण गरिएको प्रध्यापक सिंहले जानकारी दिनुभयो । यसअघि विश्वविद्यालयले धानको बीउ उत्पादन गरेर अन्य कम्पनीलाई दिने गरेको थियो । प्रध्यापक सिंहका अनुसार विद्यालयले आफ्नै प्रशोधन केन्द्र र परीक्षण प्रयोगशाला स्थापना गरेपछि बीउ उत्पादन र बिक्रीमा वृद्धि भएको हो । असारे धानको बीउका लागि उन्नत जातको राम र सावित्री धानको बीउ वितरण गरिएको छ । धानको बीउपछि अब मकै र गहुँको बीउ पनि प्रशोधन एवं परीक्षणको तयारीमा रहेको प्रध्यापक सिंहले बताउनुभयो । यसबाट विश्वविद्यालयको आम्दानीमा समेत वृद्धि हुने उहाँको भनाइ छ । “विश्वविद्यालयको लोगोसहित बीउ बजारमा आएपछि कृषक उत्साहित छन्”, उहाँले भन्नुभयो, “बन्दाबन्दीको समयमा पनि ठूलो परिमाणमा धानको बीउ वितरण गर्नु खुशीको कुरा हो । कृषकले अब बीउ नपाउने समस्या हुँदैन ।” बीउमा आत्मनिर्भर बन्न नेपाल सरकारले फार्मलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल सरकारबाट थप सहयोग पाउन सके बीउ उत्पादन क्षमतालाई वृद्धि गर्न सकिने प्रध्यापक सिंह बताउनुहुन्छ । विश्वविद्यालयले मूल बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग लिएर आफ्नो फार्ममा स्रोत बीउ उत्पादन गर्दै आएको छ । स्रोत बीउ उत्पादन गर्ने कृषकलाई दिएर उन्नत बीउ बाली उत्पादन गर्ने गरेको छ । विश्वविद्यालयले करिब ९५ बिघाभन्दा बढी क्षेत्रफलमा बीउका लागि खेती गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!