मोरङको बेलबारी नगरपालिका ४ बुधबारेमा एक युवकले आफ्नै आमाको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन् । बेलबारी ४ का ३१ वर्षिय काले भनिने जिवन लिम्बुले आफनै आमा ६१ वर्षिया देवीकुमारी लिम्बुलाई विहिबार विहान १० बजेतिर घरमै इँटाले प्रहार गरेर हत्या गरेका हुन् । आमाको हत्या आमालाई हत्या गरेपछि उनले आफैलाई शरिरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए ।
घाटी लगायत विभिन्न भागमा गहिरो चोट रहेका उनको पनि बेलबारी स्थित नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । आमा देवी माया लिम्बुको शव पोष्ट मार्टमका लागि मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रिसिराज ढकाललले जानकारी दिनुभएको छ ।बेलबारी स्थित घरमा उनै आमा छोरामात्रै बस्दै आएका छिमेकीले बताएका छन् ।