पाथीभरा ताप्लेजुङ जिल्लामा स्थित एक प्रसिद्ध शक्तिपीठ हो। पाथीभरा मन्दिर हिन्दू, बौद्ध र प्रकृति पूजकहरूको महत्वपूर्ण धार्मिक स्थल मानिन्छ। अन्न भरेको पाथी झैँ सुन्दर, मनमोहक आकृति बोकेको पहाडको शिखरमा देवीको उत्पत्तिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ रहेको मानिन्छ ।
ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्तुवुङ” भनेर चिन्दछन। लिम्बूभाषामा “मुक्तु”को अर्थ शक्ति वा बल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन । पाथीभरा लिम्बुहरुको एक धार्मिक स्थल थियो तर पछि गोरखा राज्यको विजय पछि हिन्दू र बौद्धहरूको कुलमा देवी लाई समाबिस्ट गरेर पवित्र मन्दिरको रुपमा पूजा गर्न थालियो।
पाथिभरा देवीको धाम वा तीर्थस्थल भन्ना साथ हामी के कुरामा झुक्किनु हुदैन भने मेची अञ्चलमै पाथिभरा देवीका ३ ओटा तीर्थस्थलहरु रहेका छन । पहिलो त जेठी अथवा सवैभन्दा ठूली मानिने ताप्लेजुङ्ग जिल्लामा अवस्थित पाथिभरा माताको पौराणिक धाम, दोस्रो हो २०५० साल भन्दा केही वर्ष अघि पहिचान गरी संस्थागत विकास थालिएको मेची अञ्चल कै इलाम जिल्लामा अवस्थित ताप्लेजुङ्ग पाथिभराकी वहिनीको रुपमा चर्चित इलाम कन्याम पर्यटकीय क्षेत्र निकट कुटीडाडामा अवस्थित पाथिभरा धाम र तेस्रो केही वर्ष अघि पहिचान भएकी मेची अञ्चल कै झापा जिल्लाको चारआली वजार वाट थोरै पश्चिम जंगलमय स्थानमा अवस्थित पाथिभरा तीर्थस्थल जुन ठाउलाई भक्तहरु पाउ पाथिभरा देवीको नामले समेत पुकार्ने गर्दछन र त्यँहा पूजा पनि पाथिभरा देवीको पाउको प्रतिमा कै गर्ने गरेको पाइन्छ । यसरी ताप्लेजुङ्ग पाथिभरा, इलाम पाथिभरा र झापाको पाउ पाथिभरा गरी ३ ओटा पाथिभरा तीर्थस्थल छन ।
यी तीनै ओटा पाथिभरा धामहरु एउटै यात्रा रुटमा पर्ने भएकोले भक्तहरु सजिलै झापा, इलाम र ताप्लेजुङ्ग पाथिभराको क्रमशः दर्शन भ्रमण गर्दै जाने पनि गरेको पाइन्छ। झापा र इलाम पाथिभराको समेत दर्शन गर्दै ताप्लेजुङ्ग जाने सोच वनाउदा तपाइलाई लाई यात्रामा सवारी साधनको प्रकार हेरी एक दिन वढी समय लाग्न सक्छ र इलाम वा पाचथर जिल्लामा थप एक दिन वास वस्नु पर्ने हुन सक्छ भने सोझै मूल देवीकी रुपमा पहिचान गरिएकी ताप्लेजुङ्ग पाथिभराको मात्र दर्शन गर्ने हुदा एक दिन घट्ने वा इलाम वा पाचथर जिल्लामा वास नवसे पनि हुने अवस्था आउने छ ।
यसरी पुग्न सकिन्छ पाथिभरा माताको मूल मन्दिर
सदरमुकाम खाँदबारीबाट ८७ किलोमिटर पूर्वमा टुटे दुउराली पुगिन्छ । टुटे देउराली बाट गुराँसको घना जंगल हुँदै एक घण्टा पैदल गएपछि पाथिभरा पुगिन्छ । खाँदबारी –चैनपुर–टुटे देउराली पुग्न सकिन्छ जुन किमाथांका– जोगवनी कोशी राजमार्ग सडक खण्डमा पर्छ । जहाँबाट २० मिनेटको गाडीको यात्राले पाथिभरा भगवती मन्दिर पुग्ने पहिलो खुड्कीलो पुगिन्छ । उक्त खुड्कीलाबाट हजार खुड्किला पार गरेपछि पाथिभरा मन्दिर पुगिन्छ ।
भोग दिएको रगतको रहस्य
अर्को चकित हुने कुरा त के छ भने त्यहाँ देवीलाई बलि (भोग) चढाईन्छ । हज्जारौ पशु–पन्छि काटिएका हुन्छन् । तर त्यहाँ पशुपन्छि काटेको टाँउमा तपाईले कुनै रगतको कत्ला समेत देख्न सक्नुहुन्न । छिन्नासाथ माथि रगत देखिन्छ । जमिनमा पर्ना साथ मिलाउँछ । यी अद्भूत शक्ति भएकी देवीको बारेमा विश्वभरीका आस्थावानसम्म पुर्याउन सक्दो सेयर गरिलिनुहोला ।
मनोकामना पुरा हुने
पाथिभरा मातामा स्वच्छ, पवित्र भावना लिएर पूजा पाठ गरेमा आफुले मागेको कुरा भगवतीले पुरा गरि दिने जनविश्वास रातो दिन वढी रहेछ । पाथिभरा जाने अधिकाँश मानिसले पाथिभरामा मागेको वरदानको कारण आफू सफल भएको वा संकटमुक्त भएको भनेर सुनाउने गर्दछन । साचि नै अलौकिक र अद्भूत छ माताको दर्शनको परिणाम । यही कारण नेपालको मात्र नभएर भारत, भुटान, सिक्किम देखिका भक्तले भाकल गर्ने र याहा पाएक पर्ने समयमा दर्शन गर्न आउने आउने चलन वढेको पाइन्छ । दर्शन पछि नै सवै सफलता मिलेको वताउछन प्रायः भक्तहरु । तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे जानु हुदैन भनिन्छ।
पाथिभरा माताको पूजा परिशरको अलौकिक रहस्य
पाथिभरा धाम एउटा प्राचिन पौराणिक धाम हो । त्यसैले धामको उत्पतिको विषयमा पनि अनेक जनश्रुतिहरु सुन्न पाइन्छ । त्यसमा पनि प्राचिन कालमा त्याहा भेडा गोठ राख्ने चलन भएको र राती भेडा गोठालाहरुलाई माताको शक्तिको प्रभावले सपनामा माताकोे त्याहा रहेको कुरा दर्शाउदै देवस्थल निर्माण गर्न प्रोत्साहित गरेको जनश्रुति व्यापक रहेको छ ।
पाथीभरा पञ्च कन्या साक्षात् भगवती देवी हुनुहुन्छ। देवीलाई अनिवार्य नभए पनि पशुबलि चढ्छ । बलि पूजा नगर्नेहरूले मिर्ठाई नरिवल र फलफूलको भोग लगाउँछन् । अटल सौभाग्यकी देवी हुनाले सौभाग्यका प्रसाधनहरू -सिन्दुर-टीका, गाजल, काँगियो, चुरा, धागो आदि) सामान अनिवार्य रूपमा चढाइन्छ । देवीको प्रिय रङ्ग रातो रङ्गका वस्त्र, सारी, फरिया, चोली, घुम्टी आदि चढाइन्छन् । तामा पित्तलका पूजाका भाँडा-कुँडा, घण्ट आदि चढाउने व्यापक चलन छ । चढाइएका पूजाका भाँडाकुँडाले कोठा नै भरिएको छ । चढाएको भेटीहरू कसैले लिनु हुँदैन, लिएमा क्षति हुन्छ भनिन्छ । नैवेद्य, प्रसाद लिँदा पनि आफैंले उठाउनु हुँदैन, पुजारीसँग किन्नु पर्दछ भनिन्छ। भित्र गर्भगृहमा अखण्ड दीप प्रज्वलन भएको छ ।
मन्दिर सञ्चालनको लागि स्थानीय श्रद्धालु महानुभावहरूको एक सञ्चालक समिति बनाइएको छ । समितिको अध्यक्षमा स्थानीय शङ्कर सिलवाल हुनुहुन्छ । समितिको संरक्षकका गुरु भरतप्रसाद लम्साल र भक्तपुर निवासी गौरीबहादुर कार्की हुनुहुन्छ ।प्रत्येक नव वर्षो दिन मन्दिर स्थापनाको उत्सव मनाउने गरिएको छ । असोज र चैत्र नवरात्री, माघ, चैत दशैँ र असारमा पनि विशेष पूजा गरिन्छ । पाथीभरा माताको दर्शन गर्न मेची अञ्चल र ताप्लेजुङ जिल्लाका मात्र नभई स्वदेशकै अन्य क्षेत्र र भारतबाट समेत प्रतिवर्षहजारौँ तीर्थ यात्रीहरू आउने गर्दछन्।