हिपमत डटकम
धनकुटा,पौष ८ गते।धनकुटाको चौबिसे गाउँपालिका(७ का ५२ बर्षीय लाकबर लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान साँढे ८ बजे खानेपानीको पाईप मर्मतको लागि पैरेपाटा भिरमा गएकोमा सोही भिरबाट लडेर लिम्बु घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा दिउँसो सवा १ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।