हिपमत डटकम
झापा,पौष ८ गते झापाको दमक नगरपालिका(५ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेकी पैदल यात्री बेलवारी नगरपालिका(११ घर भई धरान बस्दै आएकी ६० बर्षीया धनमाया राईलाई ठक्कर दिई घाईते बनाएकोमा घाईतेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने बस तथा चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।