हिपमत डटकम
प्रकाश पाक्साँवा
तेह्रथुम पौष ८ गते।तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा निशुल्क माटो परिक्षण शिविर सम्पन्न भएको छ ।
गाउँपालिका ३ सय १८ जना किसानले माटो गराएका थिए । गाउँपालिकाको चालू आर्थिक बर्ष अन्तरगत माटो परिक्षण कार्यक्रम अन्तरगत यहि पौष ६ र ७ गते गाउँपालिकाको कार्यालयमा सप्पन्न भएको कृषि शाखाका प्राबिधिक हिम बहादुर थापाले जानकारी दिनु भयो । माटो परिक्षण पछी किसानहरुको अम्लिय माटो सुधार गर्नलाई ८५ प्रतिशत अनुदानमा कृषि चुन बितरण गरिने कार्यक्रम सुरु भएको कृषि शाखा छथर गाँउपालिकाले जनाएको छ । परिक्षण पश्चात् गाउँपालिका एक टोल एक उत्पादन कार्यक्रममा उत्पादनमुलक बस्तुको छनौट गर्न सहज हुने भएको छ । गाउँपालिका सबै वडाका किसानहरुले सेवा लिएका । परिक्षण पछि किसानहरुलाई माटोको रिपोर्ट दिनु सुरु गरिएको छ । परिक्षण शिविरमा प्राबिधिक सहयोग माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरी गरेको थियो । छथर गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको हो ।