हिपमत डटकम
प्रकाश पाक्साँवा
तेह्रथुम ३ पौष नेसनल लाइफ इन्स्योरेन्स तेह्रथुम द्वारा दुईजनालाई मृत्यु दाबी भुत्तानी रकम प्रदान गरेको छ । तेह्रथुम जिल्लाको छथर गाउँपालिका ६ सुदाप निवासी बिमित बुधमाया लिम्बूको मृत्युपछी उनको परिवारलाई बुधबार एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरिएको छ । मृतक बुधमायाका श्रीमान टिकाराज लिम्बुलाई वडा अध्यक्ष टेकराज आंखेवा र इन्स्योरेन्सका तेह्रथुम शाखा प्रमुख कुमार तामाङले प्रदान गर्नु भएको थियो । मृतक बुधमायाले ३ बर्षमा १५ हजार ७५ रुपैयाँ जम्मा गरेका थिए । ५० हजारको बिमा गरेकी बुधमायाको परिवारलाई ५९ हजार २ सय बराबरको चेक हस्तान्तरण गरिएको इन्स्योरेन्सका बिजनेस मेनेजर समीर केबुहाङ लिम्बूले जानकारी दिनु भयो । त्यस्तै फेदाप गाउँपालिका १ सिम्लेका बिमित गोमादेबी थापाको परिवार इन्स्योरेन्सले केहिदिन अघि । मात्र २ लाख ३७ हजार ३ सय ७० रुपैया बराबरको चेक हस्तान्तरण गरिएको थियो
कार्यक्रममा इन्स्योरेन्सका पदाधिकारी, शिक्षक,स्थानीयबासी जनप्रतिनिधि लगायतको उपस्थितिमा चेक प्रदान गरिएको थियो । बिमा गर्ने बिमित थापाले ४३ हजार ५ सय १८ जम्मा गरेकी थिईन । उनका बुवा राम बहादुर थापालाई चेक हस्तान्तरण गरिएको थियो